लमजुङमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार सिफारिस
२३ भदौ, लमजुङ । लमजुङमा प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार सिफारिस भएकी छन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस भएकी हुन् ।
सो दलबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन् । उनी प्रतिनिधि सभामा समानुपातिक तर्फबाट पनि सिफारिसमा परेकी छन् ।
उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ निर्वाचन लडेकी थिइन् । त्यसयता २०७० र ०७४ मा उनी समानुपातिकमा बसेकी थिइन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन ।
लमजुङमा समानुपातिक तर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।
नेकपा एमालेबाट प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ । सो दलबाट प्रदेश सभा समानुपातिकमा लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ कोपिला विक, तिरकाशी गुरुङ र कृष्णमाया विकको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा खुसीमाया (अस्मिता) गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ ।
प्रदेश ख मा टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ र माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेश सभातर्फ सतीमाया तामाङ, शोभा थापा र जुना विकको नाम सिफारिस भएको छ । नेपाल समाजवादी पार्टीले शोभा गिरीलाई प्रतिनिधि सभा र रेलकुमारी गुरुङलाई प्रदेशसभामा सिफारिस गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply