२४ भाद्र २०७९, शुक्रबार ०३:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सन्दीप लामिछाने सीपीएल छाडेर नेपाल फर्किँदै
२४ भदौ, काठमाडौँ । बलात्कारको आरोप लागेका निलम्बित राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले सीपीएल छोडेर केही दिनमा नेपाल फर्किने बताएका हुन् ।
आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै उनले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरे । नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने सन्दीपको भनाइ छ । साथै उनले निष्पक्ष छानबिन हुने कुरामा आफू आशावादी गरेको बताए।
किशोरी बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी गरपछि क्यानले लामिछानेलाई बिहीबार निलम्बन गरेको थियो ।
प्रहरी वृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply