देउवाको उम्मेदवारीबिरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने
२५ असोज,डडेल्धुरा । फरक–फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समय सीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समूहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिईसक्नु पर्नेछ ।
डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवाबिरुद्ध सोमवार उजुरी परेको थियो ।
सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्री समेत रहेका देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply