माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र
३ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री टिकट’ बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।
स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउन समेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ ।
आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई ‘फ्री भिसा, फ्री टिकट’ को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण नेपाललाई आयोगले स्पष्टीकरण सोधेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको जनाएको छ । कानुनअनुसार आचारसंहिता विपरीतको काम गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ ।
आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिकरूपमा प्रलोभन देखाउने काम गरेकोले सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचारका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेपाली कांग्रेसकी नेत्री आरजु देउवाको अभिव्यक्तिकाे विषयमा धारणा राख्दै कारवाही गरिनु पर्ने माग गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply