यूएईविरुद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडीको ‘डेब्यू’
२८ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमका नव नियुक्त कप्तान रोहित पौडेलले यूएईविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा टस जितेर फिल्डिङ रोजेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि शुरु हुने खेलबाट रोहितले नेपालको नेतृत्व सम्हाल्दै छन् ।
निवर्तमान कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो। सन्दीप अहिले पूर्पक्षका लागि थुनामा छन् । सन्दीपको निलम्बनपछि रिक्त रहेको कप्तानको जिम्मेवारी पूर्व उपकप्तान रोहितलाई दिइएको हो ।
रोहितको कप्तानीमा हुन लागेको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन् । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहले डेब्यू गरेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply