यूएईविरुद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडीको ‘डेब्यू’
२८ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमका नव नियुक्त कप्तान रोहित पौडेलले यूएईविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा टस जितेर फिल्डिङ रोजेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि शुरु हुने खेलबाट रोहितले नेपालको नेतृत्व सम्हाल्दै छन् ।
निवर्तमान कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो। सन्दीप अहिले पूर्पक्षका लागि थुनामा छन् । सन्दीपको निलम्बनपछि रिक्त रहेको कप्तानको जिम्मेवारी पूर्व उपकप्तान रोहितलाई दिइएको हो ।
रोहितको कप्तानीमा हुन लागेको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन् । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहले डेब्यू गरेका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply