२८ कार्तिक २०७९, सोमबार ०७:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तोसिमा कार्कीको उम्मेवारी कायम रहने–नरहनेबारे आज टुङ्गो लाग्ने
२८ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा उम्मेदवार तोसिमा कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार कार्कीविरूद्ध निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सुनुवाइ शुरू भएको हो ।
आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ जारी छ । आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
कार्की लाभको पदमा कायमै रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने अन्तरिम आदेश जारी गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply