चितवन पुगेर ओलीले भने, ‘मंसिर ४ सम्म गाडीमै कुदून्, किन ढुंगा हान्नू’
२८ कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । आज चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घण्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घण्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?
ओलीले आफ्नो सरकारको पालामा भए गरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासै विकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।
आफ्नो सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए । आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply