एमाले हरेक नेपालीको मनमा छ : ईश्वर पोखरेल
२९ कात्तिक,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको दावी गरेका छन् ।
आज काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए ।
नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ, विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित छ’, उनले भने ‘त्यो उचाई अरु कसैले प्राप्त गर्न सकेका छैनन् ।
उनले यस पटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे । ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ । हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नु भएको छ’ उनले भने, ‘हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौं ।’
वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुन् । निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply