नागरिक समाज र स्वतन्त्र अगुवाको पैदल यात्रामा एमाले अध्यक्ष ओली
२९ कात्तिक, काठमाडौं । नागरिक समाज र स्वतन्त्र अगुवाले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनु भएको थियो । नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आज पैदल यात्रा कार्यक्रम गरेका हुन् ।
चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । उहाँहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गर्नुभएको हो । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनु भएको थियो ।
पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहेको थियो । पैदल यात्राका क्रममा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फुलमालाले स्वागत गरेका थिए। निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार तिब्र पारेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply