मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्री भोलि मध्यरातसम्म हटाउनुपर्ने
३० कात्तिक, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने छन् । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन ।
दल तथा उम्मेदवारले गएको १७ गतेदेखि चुनाव प्रचार सुरु गरेका थिए । निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले भोलि बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइने छैन ।
निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उहाँको आग्रह छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply