नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने
३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ ।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।
लाइभ प्रशारणको अन्तिम तयारी भइरहेका बेला सर्वोच्चको आदेशले केही दिन तयारी अवरुद्ध भए पनि अब तीब्र गतिले तयारी गर्ने र विश्वकप प्रत्यक्ष प्रसारण गर्ने मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए ।
अदालतको आदेशको सम्मान गर्दै हामीले सवै तयारी रोकका थियौं, तर अब कानुनी बाटो खुला भएको छ’ धितालले भने, ‘प्राविधिक र अन्य तयारीका लागि समय निकै अपुग छ तर पनि रातदिन गरेरै भए पनि प्रसारणको तयारीमा लाग्छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply