एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी होइन : अध्यक्ष ओली
१ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउनुभएको छ । झापा क्षेत्र–१ अन्तर्गत मेची नगरमा आयोजित चुनावी सभालाई बिहीबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिरर ४ को निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभयो ।
निर्वाचनमा देश जोगाउने शक्ति आउने कि स्वार्थ गठबन्धन आउने भन्नेमा केन्द्रीत रहेको बताउनुभयो । ‘यो निर्णय गर्नुपर्ने छ’, अध्यक्ष ओलीले भन्नुभयो । ओलीले एमालेसँग लड्ने कसैको हिम्मत नभएर गठबन्धन बनाएको बताउनुभयो । एमालेलाई ढाल्ने हिम्मत नभएको कारण गठबन्धन बनाएको उहाँले टिप्पणी गर्नुभयो । जनादेशबाट एमालेलाई ढाल्न नसक्ने भएपछि परमादेश ल्याएको उहाँले बताउनुभयो ।
माओवादीलाई गम लगाएर एमालेमा टाँसेको भए पनि प्रचण्ड टाँसेको पर्चा उप्किए झैँ उप्किएको उहाँले टिप्पणी गर्नुभयो । ‘माओवादीलाई गम लगाएर एमालेले टाँसेको थियो प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किए’, अध्यक्ष ओलीले भन्नुभयो।
एमालेलाई रोक्न र राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालाई कमजोर बनाउन अनेक षडयन्त्र भएका ओलीले बताउनुभयो। यसलाई जनताले मङ्सिर ४ मा गठबन्धनलाई पराजित गर्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘राष्ट्रियता कि देश घात, विकास कि विनाश, स्थिरता कि अस्थिरता, यसको फैसला यस निर्वाचनले गर्छ’, ओलीले भन्नुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply