एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी होइन : अध्यक्ष ओली
१ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउनुभएको छ । झापा क्षेत्र–१ अन्तर्गत मेची नगरमा आयोजित चुनावी सभालाई बिहीबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिरर ४ को निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभयो ।
निर्वाचनमा देश जोगाउने शक्ति आउने कि स्वार्थ गठबन्धन आउने भन्नेमा केन्द्रीत रहेको बताउनुभयो । ‘यो निर्णय गर्नुपर्ने छ’, अध्यक्ष ओलीले भन्नुभयो । ओलीले एमालेसँग लड्ने कसैको हिम्मत नभएर गठबन्धन बनाएको बताउनुभयो । एमालेलाई ढाल्ने हिम्मत नभएको कारण गठबन्धन बनाएको उहाँले टिप्पणी गर्नुभयो । जनादेशबाट एमालेलाई ढाल्न नसक्ने भएपछि परमादेश ल्याएको उहाँले बताउनुभयो ।
माओवादीलाई गम लगाएर एमालेमा टाँसेको भए पनि प्रचण्ड टाँसेको पर्चा उप्किए झैँ उप्किएको उहाँले टिप्पणी गर्नुभयो । ‘माओवादीलाई गम लगाएर एमालेले टाँसेको थियो प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किए’, अध्यक्ष ओलीले भन्नुभयो।
एमालेलाई रोक्न र राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालाई कमजोर बनाउन अनेक षडयन्त्र भएका ओलीले बताउनुभयो। यसलाई जनताले मङ्सिर ४ मा गठबन्धनलाई पराजित गर्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘राष्ट्रियता कि देश घात, विकास कि विनाश, स्थिरता कि अस्थिरता, यसको फैसला यस निर्वाचनले गर्छ’, ओलीले भन्नुभयो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply