राष्ट्रपतिको प्रशंसा गर्दै ओलीले भने : विदेशीलाई नागरिकता दिने प्रयास असफल बनायौं
१ मंसिर,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।
गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए ।
उनले भने, प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।
बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गरे । उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।
उनले भने, गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ । माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । प्रचण्ड पकलक्क उक्किए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।
उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनामोर्चा र लोसपा आगामी निर्वाचनबाट सकिने दाबी गरे ।
उनले भने, ‘गठबन्धन भनेको प्रचण्ड र शेरबहादुर देउवाको मितेर साइनो मात्रै हो । कांग्रेस र कम्युनिष्ट नाम भएपछि दुवै एकै हुन् ।
प्रचण्डलाई अध्यक्ष बनाएरसँगै राखेपनि मुसालाई ऋषिले आर्शीवाद दिएजस्तो मात्रै भएको टिप्पणी गरे । उनले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइराख्नुपर्ने अवस्था नरहेको बताए ।
उनले जुम्लामा कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्र साहीलाई हाल्ने दाबी गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply