झापा २ मा मतगणना सुरु
५ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।
आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच/छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए । करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए ।
क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ ।
झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे, सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply