प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि
६ मंसिर, विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २४ वटामा गणना जारी छ । अहिलेसम्म सार्वजनिक परिणामअनुसार १० क्षेत्रमा एमालेले अग्रता लिएको छ ।
नेपाली कांग्रेसले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दा माओवादीले भने ३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीले २/२ ठाउँमा अग्रता कायम राखेका छन् । एमालेका बागी उम्मेदवारले पनि एक स्थानमा अग्रता कायम गरेका छन् ।
एमालेले झापा २, ४ र ५, मोरङको १ र २, इलामका दुवै क्षेत्रमा अग्रता कायम गरेको छ । यस्तै पाँचथर, धनकुटा, र उदयपुर २ मा पनि सुरूवाती अग्रता छ ।
कांग्रेसले मोरङ ३ र ६, सुनसरी ४, झापा १, उदयपुर १ र ओखलढुंगामा सुरूवाती अग्रता लिएको छ ।
मोरङ ४, भोजपुर र खोटाङमा माओवादी अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीको २ र ३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने राप्रपा झापा ३ र सुनसरी १ मा अग्रस्थानमा छ ।
एमालेबाट टिकट नपाएपछि बागी उठेका योगेन्द्र मण्डलले मोरङ ५ मा अग्रता कायमै राखेका छन् ।
संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बुमा मतगणना सुरू भएको छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply