प्रदेशसभामा पनि ललितपुरबाटै एमालेले खोल्यो खाता, रामेश्वर श्रेष्ठ निर्वाचित
६मंसिर, ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले नेता रामेश्वर श्रेष्ठ विजयी हुँदै प्रदेशसभामा खाता खोल्नुभएको हो ।
श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४ सय ४८ मतले हराउँदै निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार २९८ मत पाएर बिजयी बन्दा राप्रपाका केसीले ६८५० पाउनु भयो भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठले ५ हजार ९७३ पाउनु भएको छ ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक प्रदेशसभामा बिजयी हुनुभएको हो । २०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी( ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिनुभएको थियो ।
अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यको भूमिकामा रहनुभएको थियो । उहाँ नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य हुँदै हाल एमाले केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply