समानुपातिकतर्फ १७ लाख बढी मतले एमाले अगाडि, कुन दलको कति ?
१० मंसिर, काठमाडौँ । यहि मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणाम सँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधिक गर्दै आएको छ ।
निर्वाचन आयोगले आज बिहान आफ्नो वेवसाइटमा अद्यावधिक गरेको मतपरिणाम अनुसार सूर्य चिन्हवाहक नेकपा एमाले सबैभन्दा अगाडि छ । उसले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । एमालेलाई रुख चिन्हवाहक नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको तथ्यांक आयोगले अद्यावधिक गरेको छ । घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ४५ हजार ५६१ मतसहित तेस्रो स्थानमा छ ।
हँसिया हथौडा चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्र ७ लाख १९ हजार ३७२ मत पाएको छ ।
यस्तै हलो चुनाव चिन्ह लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ७८ हजार २३३ मत ल्याएको छ । आयोगका अनुसार छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी (जसपा) २ लाख ४ हजार ७२४ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ मत पाएको छ ।
कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको ढकिया चिन्ह भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख ३३ हजार ५०४ मत प्राप्त गरेको छ । मधेस केन्द्रीय राजनीति गरिरहेको हर्न चुनाव चिन्ह भएको जनमत पार्टीले १ लाख ३१ हजार ७४१ मत प्राप्त गरेको छ । यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply