समानुपातिकतर्फ १७ लाख बढी मतले एमाले अगाडि, कुन दलको कति ?
१० मंसिर, काठमाडौँ । यहि मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणाम सँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधिक गर्दै आएको छ ।
निर्वाचन आयोगले आज बिहान आफ्नो वेवसाइटमा अद्यावधिक गरेको मतपरिणाम अनुसार सूर्य चिन्हवाहक नेकपा एमाले सबैभन्दा अगाडि छ । उसले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । एमालेलाई रुख चिन्हवाहक नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको तथ्यांक आयोगले अद्यावधिक गरेको छ । घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ४५ हजार ५६१ मतसहित तेस्रो स्थानमा छ ।
हँसिया हथौडा चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्र ७ लाख १९ हजार ३७२ मत पाएको छ ।
यस्तै हलो चुनाव चिन्ह लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ७८ हजार २३३ मत ल्याएको छ । आयोगका अनुसार छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी (जसपा) २ लाख ४ हजार ७२४ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ मत पाएको छ ।
कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको ढकिया चिन्ह भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख ३३ हजार ५०४ मत प्राप्त गरेको छ । मधेस केन्द्रीय राजनीति गरिरहेको हर्न चुनाव चिन्ह भएको जनमत पार्टीले १ लाख ३१ हजार ७४१ मत प्राप्त गरेको छ । यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply