१० मंसिर २०७९, शनिबार १२:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव
१० मंसिर, इलाम । इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।
यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए ।
मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply