अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा
१८ मंसिर, काठमाडौं । नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।
खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १-१ गोल गरे । हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सिमित भयो ।
दोस्रो हाफमा अमेरिकाले आक्रमणमा परिवर्तन गर्दै रणनीति बदल्यो । त्यसपछि केहि सुधारिएको आक्रमणमा अमेरिकाले गोल गर्दै खेलमा पनि फर्कियो । तर नेदरल्यान्ड्सले पुनस् एकपटक दुई विंग ब्याकको भरपुर सदुपयोग गर्दै दुई गोलको अग्रता बनायो ।
खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् ।
समूह बी को उपविजेताको रुपमा नकआउट पुगेको अमेरिकाका लागि क्वार्टरफाइनल पुग्ने सपनामा यो पटक नेदरल्याण्ड्स बाधक बन्यो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply