माओवादी गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान
१७ पुस, पोखरा । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । पार्टीले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ । पार्टीले सर्वसम्मत रुपमा दलको नेतामा मलाई निर्णय गरेको छ, उनले भने, आइतबार संसदीय दलको बैठक बसेर पारित हुनेछ । चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । पछिल्लो गठबन्धनमा चुमानले मुख्यमन्त्रीमा दाबी गर्दै आएका भए पनि एमालेका खगराज अधिकारीको सम्भावना बढी देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply