बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै
२५ पुस,काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तको सम्भावना छ । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।
वागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।
वागमतीमा नेकपा (माओवाादी केन्द्र) का प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।
सोहीअनुसार वागमतीको मुख्यमन्त्रीका लागि गठबन्धन दलका सांसदको समर्थनमा जम्कट्टेलले दाबी पेस गर्दैछन् । गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नेछन् । उनीहरूले बहुमत पुर्याएर दाबी पेस गरेमा प्रदेश प्रमुखले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्न सक्ने छन् । हिजो (आइतबार) मात्र प्रदेश नम्बर–१ मा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । आज उनले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply