कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मङ्गलवार बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो ।
त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णीत छ ।
प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले आज बिहान संसदीय दलको बैठक बोलाएका हुन् ।
कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply