बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज
२८ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन ।
सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।
प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply