प्रदेश–१ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
३० पुस,मोरङ । प्रदेश–१ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । आज (शनिबार) भएको निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उपसभामुखमा निर्वाचित उदयपुर जिल्लाकी दनुवार समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुख बाहेक ९० सांसदले मतदान गरेका थिए ।
प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भइसकेका छन् । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply