२ माघ २०७९, सोमबार ११:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
थप एकको शव भेटियो, तीन जनाको अवस्था अझै अज्ञात
२ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए ।
योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै तीन जनाको अवस्था अज्ञात छ । पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यस्तै शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।
यता नेपाली सेनाले प्राप्त ब्ल्याकबक्स नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply