विमान दुर्घटना : २४ को शव पोखरामै पोष्टमार्टम हुँदै, ४५ शव भोलि काठमाडाैं लगिने
२ माघ, पोखरा । हिजो (आइतबार) पोखराको सेती नदीको खोँचमा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव आफन्तलाई जिम्मा लगाउने काम शुरु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार २४ शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ । बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ । यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौँ लैजाने तयारी भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।
पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ ।
त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ ।
पोस्टमार्टम भइसकेका र पोखरामा पायक पर्नेहरूलाई शव बुझाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।
बाँकी शवलाई थप परीक्षण र पहिचानका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको कार्यालयले जनाएको छ । शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरा पुगिसकेको छ । ४५ शव भोलि (मंगलबार) काठमाडौं लगिने भएको छ ।
यसअघि बिहान शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई जना सदस्य काठमाडौँबाट पोखरा पुगेका थिए । ज्यान गुमाएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । विमानमा ७२ जना यात्रु रहेकामा तीन जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।
यसैबीच मृत्तकका परिवार र आफन्तले शवको पोष्टमार्टममा ढिलाई भएको भन्दै गुनासो गरेका छन् । शोक र भोकमा अस्पताल परिसरमा रहेका परिवार आफन्तहरुले ३६ घण्टासम्म शवको पोष्मार्टम हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply