सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित
३ माघ, धनगढी । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।
कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।
यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो ।
कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत कम पाएका थिए ।
माओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा रावलको विपक्षमा २८ मत परेको थियो ।
सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुन: मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply