अनुगमन गर्न त्रिभुवन विमानस्थल पुगे मन्त्री किराती
५ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
आज बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
अनुगमनका क्रममा उनले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।
विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एक/एकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेकी थिइन् । उनले उक्त भिडियो टिकटकमा राखेपछि भाइरल भएको छ ।
अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ । बन्ध गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताए । उनले आगमनतर्फ लिफ्ट अझै थप्न आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्रीले फेरि केही दिनमा अनुगमन गर्ने बताएको प्रमुख ठाकुरले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply