५ माघ २०७९, बिहीबार ११:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली
५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको पनि उनले बताए ।
संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।
कांग्रेसले त गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले हाँस्दै भने, ठीकै छ ।
एमालेको चाहिँ राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको अर्को प्रश्नमा भने एमाले अध्यक्ष ओलीले पछि भनौंला भन्ने जवाफ दिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply