सभामुखले बाेलाएकाे सर्वदलीय बैठक सुरु
७ माघ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा साढे ११ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,अजय चौरासीया र जीवन परियार, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, जनता समाजवादी (जसपा)का प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्छ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। आजै उपसभामुखका लागि निर्वाचन हुँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply