सभामुखले बाेलाएकाे सर्वदलीय बैठक सुरु
७ माघ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा साढे ११ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,अजय चौरासीया र जीवन परियार, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, जनता समाजवादी (जसपा)का प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्छ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। आजै उपसभामुखका लागि निर्वाचन हुँदैछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply