देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक
९ माघ, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) का लागि पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज (सोमबार) बिहान साढे ९ बजेपछि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।
कांग्रेसले केन्द्रीय समिति बैठक १५ गते बोलाइएको छ । आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषयले कांग्रेसमा असन्तुष्टि बढाएको छ । आइतबार मात्रै कांग्रेसको डा. शेखर कोइराला पक्षको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ । बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।
बैठकमा डा. कोइरालाले बहुमतको आधारमा पार्टीको संस्थापन पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएको बताएका थिए । ‘मैले कार्यसम्पादन समितिको बैठकमा पनि विश्वासको मत दिनु हुँदैन भनेको थिएँ,’ कोइरालाले भने, ‘हामी मुख्य प्रतिपक्षको भूमिकामा बसौं । विश्वासको मत दिइसकेपछि हामी प्रतिपक्ष ठहरिन्नौं भनेकै थियौं । तर, त्यतिबेला बहुमतको निर्णय भयो । पार्टीमा हामी अल्पमतमा छौं त्यस्तो अवस्थामा पार्टीको ह्विप मान्नुको विकल्प थिएन ।
त्यस्तै, कोइराला समूहकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताएकी थिइन् । ‘त्यत्रो गठबन्धन र सहकार्य छोडेर जाने प्रचण्ड जस्तो बेइमानी व्यक्तिलाई कांग्रेस जस्तो पार्टीले विश्वासको मत दिन सुहाउँथ्यो ?’ उनको आक्रोश थियो, ‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुप¥यो । होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राखेका थिए । तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएका थिए । संस्थापनइतर समूहको बैठकमा देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply