सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने, पीडितका वकिलले सारे पेसी
९ माघ, काठमाडौँ । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज (सोमबार) सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो ।
तर जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएसँग सुनुवाइ रोकिएको हो । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन् । न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो ।
आजको इजलासमा ७ वटा मुद्दा तोकिएको छ । पालो आए आजै फैसला हुने सम्भावना समेत थियो ।
जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply