स्पट फिक्सिङ प्रकरण : क्यानका अध्यक्षसहित मागियो पाँच जनाको राजीनामा
१५ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सात केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका छन् ।
कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् । राजीनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । उनीहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पाँच पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ । राजीनामा माग्नेहरुले भनेका छन्, ‘स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुन्छन् । तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ । त्यसैले क्यान नेतृत्व र कार्य सम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन ।
अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर आज आइतबार पत्रकार सम्मेलन गर्ने सात केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply