धनुषामा हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा फरार
१६ माघ, धनुषा । धनुषामा प्रहरीको हिरासतको पर्खाल तोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन् ।
विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार धुनुवाको खोजी कार्य भइरहेको छ ।
लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ का बिनोदकुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका–२ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन् ।
त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका–२ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका–६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply