धनुषामा हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा फरार
१६ माघ, धनुषा । धनुषामा प्रहरीको हिरासतको पर्खाल तोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन् ।
विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार धुनुवाको खोजी कार्य भइरहेको छ ।
लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ का बिनोदकुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका–२ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन् ।
त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका–२ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका–६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply