गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ : बनेपछि थाहा पाउनु हुन्छ
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्रीबारे अझै निर्णयमा नपुगिसकेको संकेत गरेका छन्।
सोमबार पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा उनले यस्तो संकेत गरेका हुन्।
बैठकबाट बाहिरिँदै गर्दा प्रचण्डलाई पत्रकारहरुको प्रश्न थियो, गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू? यसको जवाफ दिँदै उनले भने, अब बनेपछि थाहा पाउनु होला।
महरा भन्छन् : गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ
यसैबीच यही बैठकपछि बोल्दै माओवादी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको बताए।
‘गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यसबारे प्रधानमन्त्री आफैंले निर्णय गर्नु हुन्छ, यो सरकारको विषय हो’, महराले भने, यसबारेमा कुरा भए स्थायी समितिमा होला।
महराले बैठकमा गृहमन्त्रीबारे कुनै कुरा नभएको बताए। गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ।
यस्तोमा रास्वपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो।
सत्ता गठबन्धनको भाबन्डामा गृह आफूहरुकै भएकाले त्यसमा कसलाई पठाउने भन्ने टुंगो लगाउने रास्वपाले जनाएको थियो।
त्यहीअनुसार रास्वपा सभापतिमा शुक्रबारै फर्किएका लामिछानेले बालुवाटार पुगेर आफूलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।
तर गृहमन्त्रालय आफ्नै पार्टीमा राख्ने मुडमा रहेका प्रचण्डले रविलाई ठोस जवाफ नदिइ फिर्ता पठाइदिएका थिए। यसबारेमा बुधबार बस्ने पार्टी स्थायी समितिमा कुरा हुन सक्ने महराले बताएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply