भ्रष्टाचार सूचकाङ्क : डेनमार्कमा सबै भन्दा कम भ्रष्टाचार, नेपाल ११० औं स्थानमा
१७ माघ, काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । यता नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औं स्थानमा रहेकामा यो वर्ष केही सुधार भए पनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ । यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।
सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११) औं स्थान दिइएको छ । सन् २०२१ मा ११७ औं मा रहेकोमा २०२२ मा ११० औं स्थानमा रहेको थियो । CPI 2021 मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply