१७ माघ २०७९, मंगलवार ०९:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ : प्रधानमन्त्री
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ, जवाफमा प्रधानमन्त्रीले भने ।
पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।
अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ, उनले भने, हामी सल्लाहमै छौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply