धुम्बाराहीमा आज कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै
१९ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्य समितिको बैठक बस्ने भएको हो ।
राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको राष्ट्रियसभाका लागि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर मात्र आवश्यक निर्णय लिनेगरी बैठक बोलाइएको उनले बताएका छन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले त्यसबारे पनि छलफल बाक्लो बनाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउन पर्ने बताउँदै आएको छ ।
यद्यपि सत्तारुढ गठबन्धनमा भने नेकपा एमालेले आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिने बताएको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply