धुम्बाराहीमा आज कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै
१९ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्य समितिको बैठक बस्ने भएको हो ।
राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको राष्ट्रियसभाका लागि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर मात्र आवश्यक निर्णय लिनेगरी बैठक बोलाइएको उनले बताएका छन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले त्यसबारे पनि छलफल बाक्लो बनाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउन पर्ने बताउँदै आएको छ ।
यद्यपि सत्तारुढ गठबन्धनमा भने नेकपा एमालेले आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिने बताएको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply