गृहमन्त्री रास्वपाले नै पाउने सहमति छ- ओली
१९ माघ, काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रिक्त रहेको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने नै सहमति रहेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए ।
ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न ओली आज विराटनगर पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि? भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए ।
‘पहिला रविजी गृहमन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भने।
रिक्त रहेको उक्त गृह मन्त्रालयलाई लिएर सत्तासाझेदार दलहरुबीच मतभेद सुरु भएको हल्ला सुनिए पनि ओलीले भने सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply