अहिलेको समीकरण फेरिँदैन, रास्वपाले समर्थन पनि फिर्ता लिँदैन : प्रधानमन्त्री
१८ माघ,काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । आज (बिहीबार) पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रास्वपाले समर्थन फिर्ता नलिने बताए । दाहालले भने, केही हुँदैन । रास्वपाले समर्थन फिर्ता पनि लिनु हुन्न मैले बुझेसम्म ।
सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply