अहिलेको समीकरण फेरिँदैन, रास्वपाले समर्थन पनि फिर्ता लिँदैन : प्रधानमन्त्री
१८ माघ,काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । आज (बिहीबार) पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रास्वपाले समर्थन फिर्ता नलिने बताए । दाहालले भने, केही हुँदैन । रास्वपाले समर्थन फिर्ता पनि लिनु हुन्न मैले बुझेसम्म ।
सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply