मन्त्रालय भागबन्डामा लफडा, शपथ ग्रहण ढिलाइ
२० माघ, जनकपुरधाम । मधेस प्रदेश सरकार गठन भएको तीन सातापछि आज (शुक्रबार) मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको छ । आज मन्त्रिपरिषद विस्तार गर्दै शपथ ग्रहणका लागि तयारी गरिएको भए पनि साँझ ५ बजेसम्म शपथ ग्रहणस्थल सुनसान छ । सत्ता गठबन्धन दलमा मन्त्रालयको विषयमा अझै कुरा मिलिनसकेको स्रोतले जानकारी दिएको छ । मन्त्रालयको विषयमा गठबन्धन दलहरुबीच नै असन्तुष्टिको आवाज उठेको छ ।
सत्तारूढ दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले आज (शुक्रबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । प्रदेश सरकारको सात वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रिमण्डलमा सामेल गर्न लागिएको छ ।
त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका स्रोतको दाबी छ । जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा परेको छ । गत पुस २९ गते तीन जना विना विभागिय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादव तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका छन् । मन्त्रीहरूले आजै शपथ ग्रहण गर्न लागेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply