क्लबको जग्गा व्यक्तिको नाममा, मालपोत प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२०माघ, पर्सा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
युवा स्पोर्ट्स क्लबको पर्साको एक कट्ठा पाँच धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमिसुधार आयोगका प्रमुख कमोद तिवारी, नायब सुब्बा शम्भु साह रौनियार, खरिदार शिवप्रसाद साह तेली र रिन्ता कुमारीविरूद्ध मुद्दा दायर गरेको हो ।
यस्तै मतियारको रुपमा वीरगञ्ज महानगरपालिका ३१ का शेष सफि अहमद र शेख साजिद एकबालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ । उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारको ठहर छ ।
पर्साको वेल्वा गाउँपालिका ८ स्थित युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गैरकानुनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएकाले कार्यालय प्रमुख तिवारीसहित ६ जनाविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम कसूर तथा सजायको माग दावीसहित आरोपपत्र दायर गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply