माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२१ माघ, काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।
पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply