उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने
२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ बाट उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ । उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् । उनले आफ्नो नागरिकतामा प्रक्रियागत त्रुटी रहेको र त्यसलाई आफूले स्वीकारेको बताउँदै आफ्नो नागरिकतामा त्रुटी भेटिए पनि चितवनका आम मतदाताको कुनै दोष नभएको बताए । उनले आफू उपचुनाव लड्न तयार रहेको बताउँदै चितवनबासीको सहयोगप्रति धन्यवाद दिएका छन् ।
गलत काम गर्ने सञ्चारमाध्यमको कार्यालय घेर्ने चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने चेतावनी दिएका छन् ।
अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु, उनले भने, आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार । उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply