घरमा आगलागी हुँदा जुम्लामा १४ बर्षीया बालिकाको मृत्यु
२४ माघ,जुम्ला । जुम्लाको एक घरमा आगलागी हुँदा एक १४ बर्षीया बालिकाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका–१ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
गए राति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply