मधेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ
२४ माघ, जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् । उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् ।
उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १(१) बाट निर्वाचित सांसद हुन् । प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुई जना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ ।
मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागि नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भए पनि पुरानै मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply