२४ माघ २०७९, मंगलवार ११:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतलाई हराउँदै नेपाल साफ यू२० महिला फुटबलको फाइनलमा
२४ माघ, काठमाडौं । भारतलाई पराजित गर्दै नेपाली टोली साफ यू २० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
नेपालका लागि अञ्जली चन्दले ४८, प्रीति राईले ६९ र अमिशा कार्कीले ८९औँ मिनेटमा गोल गरे। भारतका लागि अपूर्णा नर्जरीले २१औँ मिनेटमा एक मात्र गोल गरेकी थिइन्।
फाइनल खेल्ने अर्को टोलीको टुङ्गो भने दोस्रो खेलपछि हुनेछ। आजै हुने दोस्रो खेलमा बंगलादेश र भुटान खेल्नेछन्।
खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply