२४ माघ २०७९, मंगलवार ११:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतलाई हराउँदै नेपाल साफ यू२० महिला फुटबलको फाइनलमा
२४ माघ, काठमाडौं । भारतलाई पराजित गर्दै नेपाली टोली साफ यू २० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
नेपालका लागि अञ्जली चन्दले ४८, प्रीति राईले ६९ र अमिशा कार्कीले ८९औँ मिनेटमा गोल गरे। भारतका लागि अपूर्णा नर्जरीले २१औँ मिनेटमा एक मात्र गोल गरेकी थिइन्।
फाइनल खेल्ने अर्को टोलीको टुङ्गो भने दोस्रो खेलपछि हुनेछ। आजै हुने दोस्रो खेलमा बंगलादेश र भुटान खेल्नेछन्।
खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply