माओवादीको निणर्यमा यस्तोसम्म त्रुटी – हरिबोलको ठेगाना रुकुम, एमाले नेता को नाम केन्द्रिय कमिटीमा
२६ माघ, काठमाडौं । हरिबोल गजुरेल नेकपा माअोवादी केन्द्रका उपमहासचिव हुन् । ६ जना उपमहासचिवमध्ये वरियताक्रममा उनको नाम गिरिराजमणि पोखरेल र वर्षमान पुन पछि तेस्रो स्थानमा छ ।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका गजुरेल सिन्धुली जिल्लाबाट दोेश्रो संविधानसभा र ०७४ को आम निर्वाचन गरि दुइ पटक निर्वाचित भए । यस पटकको निर्वाचनमा पनि उम्मेदवारका लागि सिफारिस भए पनि राजन दाहालको घेरावन्दी तोड्न नसक्दा टिकट पाउनबाटै बन्चित भए । पार्टीले टिकट नदिएपछि नेतृत्वसँग असन्तुष्ट बनेका उनलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री सो सरहको सेवा सुविधा पाउने गरि प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति दिएका छन् ।
राजनीतिप्रति सामान्य चासो राख्ने जो कोहीलाई पनि थाहा छ, उनको जिल्ला सिन्धुली हो । तर, माओवादीको लिखित डकुमेन्टमा भने उनको गृह जिल्ला रुकुम उल्लेख छ । नेकपा (माओवादी केन्द्र)को यहि माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीलाई पूणर्ता दिएको थियो । सो बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति बनाएको निणर्यको प्रति तलका कमिटीसम्म सर्कुलर गरिसकेको छ
पार्टी निणर्यको त्यो प्रतिमा पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यका सबैको नाम र ठेगाना उल्लेख छ । जसमा उपमहासचिव सिन्धुलीका गजुलेलको ठेगाना रुकुम उल्लेख गरिएको छ ।
त्यस्तै, निर्वाचन अघि नै नेकपा एमालेमा प्रवेश गरेका यमबहादुर परियार (इन्द्रजीत) को नाम पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य उल्लेख छ ।
तत्कालीन माओवादीको चितवन जिल्ला सह इन्चार्ज रहेका उनी साबिकको नेकपा हुँदा जिल्ला अध्यक्ष भएका थिए । एमाले माओवादीको एकतापछि माओवादीको भागमा परेको चितवनमा उनी अध्यक्ष भएका थिए । पार्टीको एकता बदर भएपछि परियार माओवादीमा फर्किएका थिए । तर चुनावको मुखैमा उनी एमालेका गएका थिए । गजुरेलको ठेगाना र परियारको नाम त्यहाँ पर्नुमा प्राविधिक त्रुटी भएको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply