नव नियुक्त मुख्यमन्त्री शाहको आज शपथ
२७ माघ,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिदैंछन् । एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहीबार नियुक्त भएका थिए ।
निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए । संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन ।
प्रदेश प्रमुखको कार्यालयले नव नियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पूरा गरेको जनाएको छ । सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन् । रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पूरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply