१ फाल्गुन २०७९, सोमबार ०७:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु
१ फागुन, सिन्धुली । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको ज्यान गएको छ ।
वडा नम्बर ७ महेश्वता क्याम्पस चोक नजिक लोकमार्गमा भएको दुर्घटनामा परी वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल लोकमार्गको बायाँ किनारमा रोकिरहेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका माझी दाजुभाइको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए । रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलले पार्किङमा राखेको ट्याक्टर नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply